गेटामा अटोको ठक्करबाट एक महिला गम्भीर घाइते
धनगढीः कैलालीको गेटामा अटोको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्।
गोदावरी नगरपालिका–५ गेटा स्थित श्रीपुरबाट गेटातर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५४७ नम्बरको अटोको ठक्करबाट सोहि ठाउँकी ३७ वर्षीय रम्तोली खुना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते खुनाको टाउको र दुबै कानमा चोट लागेको छ। उनको अवस्था गम्भीररहेको प्रहरीले जनाएको छ। अटो चालक गोदावरी–५ का खेमसिँ बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते महिलाको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।