सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासङ्घको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी

२०८१ मंसिर २४, ०६:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको निर्वाचनमा अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा केशवराज जोशी, भरतबहादुर शाह र मीन बहादुर बमको उम्मेदवारी परेको छ। उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ।

सचिवमा धनराज साउद, भुवनेश्वरप्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी परेको छ भने सचिव समावेशीमा इन्द्राकुमारी केसी, मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक उम्मेदवार बनेका छन्।

५ सदस्य रहेको सदस्यमा अर्जुन बहादुर सिंह, आशिषबहादुर सिंह, केशवदत्त भट्ट, कृतबहादुर विष्ट,  जनार्दन उपाध्याय,  दिनेशबहादुर कठायत, पदमबहादुर बोहरा, वासुदेव भट्ट, रमेशकुमार केसी, लिलाजंग शाही  र सुभाष कठायत उम्मेदवार छन्। महिला सदस्य, दलित सदस्य , जनजाति सदस्य र अपाङ्गता तथा अल्पसङ्ख्या सदस्यमा भने ८ जना निर्विरोध भइसकेका छन्। 
No description available.

कमेन्ट लोड गर्नुस