सुदूर नेपाललाई विश्वसँग जोड्दै

नगरप्रमुख हमालको स्वास्थ्य अवस्था सुधारोन्मुख

२०८१ मंसिर २४, ०१:०४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।

नगरप्रमुख हमालका छोरा आयुष हमालका अनुसार अहिले दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आइसीयू र स्ट्रोक युनिटमा नगरप्रमुख हमालको उपचार भइरहेको छ। नगरप्रमुख हमालको स्वास्थ्य अवस्था हिजोभन्दा आज सुधारन्मुख भएको उनले बताए। नगरप्रमुख हमालको नशामा समस्या देखिएपछि दिल्ली लगिएको थियो।

आयुषले नगरप्रमुखको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको बताए। ‘आफै उठ्ने र बस्नेदेखि कुराकानी गर्न थालेका छन्।’ मेयर हमालका छोरा आयुषका अनुसार नशा सुन्निएपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो। अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख छ। चिकित्सकले दिएको सल्लाह अनुसार अझै २/३ दिन आइसीयुमै राखेर उपचार गरिने उनले बताए।

कमेन्ट लोड गर्नुस