सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी जेसीजको अध्यक्षमा लोकराज भट्ट चयन

२०८१ मंसिर २३, ०१:४४ खबर संवाददाता

धनगढीः धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको छ। ४२ औं अधिवेशनबाट लोकराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

युवा व्यवसायी भट्ट धनगढी जेसीज वर्ष २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन्। जेसीजको कार्यकारी उपाध्यक्षमा दीपक गौतम र यज्ञराज जोशी, उपाध्यक्षमा सन्तोष पन्त, चेतराज पाण्डेय, कमल बम र केशव अवस्थी चयन भएका छन्। यस्तै कानुनी सल्लाहकारमा हरि जोशी, महासचिवमा आशिष शाह र कोषाध्यक्षमा महेश्वर ओझा चयन भएका छन्। सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको धनगढी जेसीज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहले बताए।
 

कमेन्ट लोड गर्नुस