सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर २३, ०७:४३ खबर संवाददाता

कैलालीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ शिसा पोष्ट, धनगढी– ३ ट्राफिक चौहारा, धनगढी– १९ बहुलियाघाट र टीकापुर नगरपालिका–९ वालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका बरिब मूल्य २ लाख ३५ हजार ४ सय बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्यको चिनी, मिश्री, मिठाई, गुडपट्टी, मोजा, किरानाका सामान, सुर्ती, हेण्ड पम्प वासर, बेरिङको प्याकिङ रबर, प्लाष्टिक झिल्ली, माछा, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय तथा कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस