सुदूर नेपाललाई विश्वसँग जोड्दै

धौलागिरि हिमाल आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

२०८१ असोज २२, ०५:४४ रासस

काठमाडौँः धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ।

हाईक्याप आधार शिविरबाट आइतवारदेखि सम्पर्कविहीन भएका उनीहरुको शव आज भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो।

आइतवार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो। शव ल्याउने तयारी भइरहेको छ। आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ।
 

कमेन्ट लोड गर्नुस