बैतडीमा जबरजस्ती करणी आरोपमा प्रधानाध्यापक पक्राउ
बैतडीः बैतडीमा जबरजस्ती करणी आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन्।
जिल्लाको डिलाशैनी गाउँपालिका–१ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत सो आरोपमा पक्राउ परेका हुन्। स्थानीय ४० बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा खडायतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताएका छन्।
पीडितले साउन १९ गते जबरजस्ती करणी उद्योगमा जाहेरी दिएपछि प्रधानाध्यापक खडायतलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताएका छन्। जिल्ला अदालत बैतडीबाट ७ दिनको म्याद थपेर खडायतमाथि अनुसन्धान भइरहेको छ।