सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दले गाडी मर्मत र इन्धनमा सक्यो आधा करोड

२०८१ असार ९, १०:०७ खबर संवाददाता

धनगढीः बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा आधा करोडभन्दा बढी खर्च गरेको छ।

सो नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी रुपमा खर्च गरेको पाइएको हो। सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नुपर्नेमा सो नगरपालिकाले कुनै मापदण्ड नबनारै मनलाग्दी रुपमा ५२ लाख ३२ हजार रुपैयाँ खर्च गरेको पाइएको छ। सवारीसाधन मर्मत र इन्धन खर्चमा एकरुपता ल्याउने काम समेत भएको छैन्।

सरकारी सवारीसाधन सरकारी काममा मात्र प्रयोग गर्नुपर्ने, सरकारी सवारीसाधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने व्यवस्था हुँदाहुँदै पनि दशरथचन्द नगरपालिकामा भने सवारीमर्मत र इन्धन वितरणमा मनपरी भइरहेको फेला परेको छ। सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने सम्वन्धि नीतिगत मार्गदर्शन २०७५ विपरीत सो नगरपालिकाले इन्धनमा मात्र ३० लाख ८२ हजार ९६ रुपैयाँ खर्च गरेको छ।

इन्धन खर्चमा नगरपालिकाले कुनै मापदण्ड समेत बनाएको छैन्। त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानिनोक्सानी नहुने गरी संरक्षण गर्ने र चालु अवस्थामा राख्ने उत्तरदायित्व सम्वन्धित कार्यालय प्रमुखको हुने व्यवस्था छ। सो नगरपालिकाले भने महालेखा परीक्षकको फाइल नम्बर ४४५ तयार नगरेरै सवारीमर्मतको नाममा २१ लाख ५० हजार रुपैया खर्च गरेको पाइएको छ।

कमेन्ट लोड गर्नुस