सुदूर नेपाललाई विश्वसँग जोड्दै

झोलुङ्गे पुल चुँडिएपछि खिड्कीजिउलामा १५ खच्चर च्यापिए

२०८१ जेठ २७, १२:४१ खबर संवाददाता

धनगढीः अछामको  पञ्चदेवल नगरपालिका–९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका–४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत बन्द भएको छ।

आइतबार पुल चुँडिएकोपछि आवतजावत अवरुद्ध भएको हो। प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन्। खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले उद्दारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाइएको बताए। उनले राकमबाट पठाइएको टोली घटनास्थलमा पुगिसकेको छैन।

कमेन्ट लोड गर्नुस