बैतडीबाट भन्सार छलीका सामान बरामद
धनगढीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
दशरथचन्द नगरपालिका–५ कलवाड मोडको गोठालापानी झुलाघाट सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १३ हजार ७९० मूल्यको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
उक्त मूल्य बराबरको चिनी, मिश्री, मिठाई, आटा लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।