सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा दोस्रो कमल बोहरा स्मृति भलिबल प्रतियोगिता सुरु

२०८० चैत्र २९, ०५:४६ खबर संवाददाता

धनगढीः बझाङको बित्थडचिर गाउँपालिकामा दोस्रो कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ।

नेकपा एमाले बित्थडचिर गाउँ कमिटीको आयोजनामा दोस्रो कमल स्मृति भलिबल तथा डेउडा प्रतियोगिता बुधवारबाट देउलेखमा सुरु भएको हो। देवेश्वरी माध्यमिक विद्यालयका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको स्मृति दिवसको अवसरमा बित्थडचिरका युवा खेलाडीहरुलाई प्रोत्साह गर्ने र स्थानीय कला संस्कृतिको संरक्षणको लागि प्रतियोगिता बार्षीक रुपमा प्रतियोगिता आयोजना गर्दै आइरहेको कार्यक्रमका अध्यक्ष  दिपेन्द्र बोहराले बताए। 

प्रतियोगितामा गाउँपालिका भित्रका १९ ओटा टिमको सहभागिता रहेको र चैत्र ३० सम्म खेल सञ्चालन हुने जानकारी दिए। प्रतियोगिताको विजेताले ४१ हजार १११ रुपैयाँ तथा तथा उपविजेताले २२ हजार ६११ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुने टोलीले नगद १२ हजार ४११ रुपैयाँबाट पुरस्कृत हुनेछन्।

खेल देवेश्वरी मावि देउलेखको खेलमैदानमा भइरहेको छ। यस्तै भ्रष्टाचार अन्त्य गरौ, सभ्य समन्वत समाज निमार्णका लागि अघि बढौ भन्ने शिर्षकमा वडा स्तरीय महिला पुरुष डेउडा प्रतियोगिता समेत भइरहेको छ। डेउडा प्रतियोगितामा विजेताले १० हजार १११, उपविजेताले ६ हजार प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुने टोलिले ३ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहराले बताए।

कमेन्ट लोड गर्नुस