सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका खेलाडीहरुको विदाई

२०८० चैत्र २४, ०७:४७ खबर संवाददाता

धनगढीः बाग्मती प्रदेशको चितवनमा हुन गईरहेको अन्तरप्रदेशीय राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमका खेलाडीहरुलाई विदाई गरिएको छ।

आज (शनिवार) सुदूरपश्चिम प्रदेश खेलकुद परिसद सदस्य सचिव दिपकबहादुर सिंहले खेलाडीहरुलाई बिदाई गरेका हुन्। धनगढीको कवर्डहलमा आयोजित औपचारिक कार्यक्रममा सदस्य सचिव सिंहले विभिन्न नौ वटा खेलमा सहभागी हुने २ सय ३३ जना खेलाडीलाई अबिर सहित खादा लगाएर बिदाइ गरे।

उनले खेलमा अनुशाशीत भई सुदूरपश्चिमको गरिमा कायम गर्न पनि खेलाडीलाई निर्देशन दिएका थिए। प्रतियोगिताको चितवनमा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ।
 

कमेन्ट लोड गर्नुस