सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरमा पहिलो पटक म्याराथन प्रतियोगिता हुँदै

२०८० चैत्र २३, ०९:३६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा म्याराथन प्रतियोगीता हुने भएको छ। नगरपालिकाको–५ नम्बरमा रहेको ब्राईट नेपाल युवा क्लबले नयाँ वर्ष २०८१ को अवसरमा पहिलो पटक म्याराथन प्रतियोगीता आयोजना गर्न लागेको हो।

‘सामाजिक विकृति एवम् लागु औषध दुव्र्यसनीको विरुद्धमा अब कृष्णपुर दौडिन्छ निरन्तर’ भन्ने मुल नाराका साथ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको क्लबकी अध्यक्ष प्रेरणा पाण्डेयले बताइन्। उनले म्याराथन मार्फत पछिल्लो समय विकृतिका रुपमा फैलिएको लागुऔषधको नियन्त्रण र नियमनका लागि क्लबले आवाज उठाउने बताइन्।

‘विगत केही समय यता लागुऔषधको कारोबार र प्रयोग एकदमै बढेको छ, सिमा नजिकका क्षेत्र भएकाले पनि एउटा नगरमा मात्रै नभई चारैतिर यसको प्रभाव परेको छ’ उनले भनिन् ‘दैनिक जसो पक्राउ पर्ने क्रम जारी रहेपनि अझै यसको नियन्त्रण हुन नसकेकाले यसको नियन्त्रणमा स्थानियस्तरबाट पनि आवाज उठाउनुपर्छ भन्ने सन्देश दिनका लागि हामीले प्रतियोगीता आयोजना गर्न लागेका हौ।’

३ र ७ किलोमिटर गरी प्रतियोगीता दुई चरणमा आयोजना हुने भएको छ। ३ किलोमिटर म्याराथन प्रतियोगीता नगरपालिकाको गुलरियाबाट सुरु भई २–नम्बर चौराह हुदै पुनः गुलरिया चोकमा समापन हुनेछ भने ७ किलोमिटर म्याराथन प्रतियोगीता नगरपालिकाकै वडा नम्बर–२ वाणी चोकदेखी सुरु भई गुलरिया चोकमा समापन हुने छ। म्याराथनमा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद पुरस्कार समेत प्रदान गरिने क्लबका सचिब कुबेर खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस