सुदूरपश्चिममा पहिलो पटक इलेक्ट्रोनिक प्रतियोगिता हुँदै
धनगढीः सुदूरपश्चिममा पहिलो पटक इलेक्ट्रोनिक प्रतियोगिता हुने भएको छ।
सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुका लागी समयको विकास सँगै टेक्नोलोजीको छेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटरयुगमा विद्यार्थीहरुलाई कम्प्युटर ज्ञान सम्बन्धि मनोबल उच्च बनाउनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।
उक्त इलेक्ट्रोनिक प्रतियोगितामा लुडो ,चेस र कार रेस गरि ३ वटा खेल खेलाइने छ। अहिले एसइइको परीक्षा दिइरहेका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागी हुन पाउने छन्। एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने छ। प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिने र खेलमा सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निशुल्क बृज कोर्स पढाईने छ।
यस खेलमा सहभागी हुन विद्यार्थी आफै संस्थाको कार्यालयमा उपस्थित भइ वा संस्थाको फेसबुक पेज धनगढी ट्रेनिङ्ग सेन्टरमा राखिएको इलेक्ट्रोनिक प्रतियोगिताको लिन्कमा जोडिएर या सिधै त्यहाँ पेजमा राखियको स्क्यानलाई स्क्यान गरेर निशुल्क रुपमा आवेदन फाराम भर्न सक्ने छन्। यहीँ चैत ३० गते सम्म आवेदन फाराम भर्न मिल्ने आयोजक संस्था धनगढी ट्रेनिङ्ग सेन्टर प्राइभेट लिमिटेडले जनाएको छ।