सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेन्नई सुपर किंग्सको कप्तानी छोडे धोनीले

२०८० चैत्र ९, ०८:२१ खबर संवाददाता

भारतीय क्रिकेट टोलीका कप्तान रहिसकेका महेन्द्र सिंह धोनीले बिहीवार चेन्नई सुपर किंग्स (सीएसके) को टोली व्यवस्थापनलाई आफूले टोलीको कप्तानी छोडेको छन्।

भारतीय अखबार द इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार धोनीले सीएसके व्यवस्थापन टोलीलाई आफ्नो निर्णयबारे जानकारी दिँदै ऋतुराज गायकवाडलाई कप्तान बनाउने फैसला सुनाएका थिए। गायकवाडलाई कप्तानको भूमिकाका लागि केही समयदेखि तयार पारिँदै थियो।

सीएसकेका मुख्य कार्यकारी अधिकारी काशी विश्वनाशनले यसअघि नै ऋतुराजलाई कप्तानका लागि दुई वर्षदेखि तयार पारिन थालिएको बताएका छन्। अन्तर्राष्ट्रिय खेलाडीको सूचीसहितको यो टोलीको कप्तानी ऋतुराज गायकवाडलाई दिनु टोलीको सिद्धान्तबमोजिम हो।

२७ वर्षीय गायकवाड २०१९ मा सीएसकेमा अनुबन्ध भएका थिए। उनले २०२२ मा ओरेन्ज क्याप पाएका थिए र सीएसकेले ६ करोडमा राखेका केही खेलाडीहरूमध्ये थिए। अहिले उनी सबैभन्दा सस्ता कप्तान भएका छन्।
 

कमेन्ट लोड गर्नुस