सुदूर नेपाललाई विश्वसँग जोड्दै

जय नेपाल कप : दुर्गालक्ष्मी र त्रिपुरा सुन्दरी क्याम्पस सेमिफाईनलमा

२०८० फाल्गुन २९, ०७:१७ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा जारी जय नेपाल कप अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कैलालीको दुर्गालक्षमी बहुमुखी क्याम्पस र बैतडीको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पस विजयी भएका छन्। नेपाल विद्यार्थी संघ, कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा भईरहेको प्रतियोगितामा आजका खेलमा जित हात पार्दै दुवै टोली सेमिफाईनल पुगेका हुन्।

धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसले डोटी बहुमुखी क्याम्पसमाथि महाकाली बहुमुखी क्याम्पसमाथि एक सय १७ रनको फराकिलो जित हात पारेको छ। पहिले ब्याटिङ गर्दै त्रिपुरा सुन्दरीले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा एक सय ७८ रनको योगफल बनायो । टीमका लागि प्रकाश पाण्डेयले अर्धतकीय पारी सहित ७२ रन बनाए । टीमका लागि राज विसी ३९ र राजु रिजालले ३० रन बनाए । विशाल लक्ष्य पछ्याएको महाकाली वहुमुखी क्याम्पस भने १३ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा ६१ रनमा अलआउट भयो । टीमका लागि निशान खनीया र सागर घिमिरेले १४÷१४ रन बनाउनु बाहेक अन्यले दोहोरो रन अंक छुन सकेनन्। त्रिपुरा सुन्दरीका लागि निराजन गौतमले ३ र युवराज खड्काले २ विकेट लिए । खेलमा त्रिपुरा सुन्दरीका प्रकाश पाण्डेय म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी पाए।

आज भएको दोस्रो खेलमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले डोटी बहुमुखी क्याम्पसलाई ५२ रनले हरायो । पहिले ब्याटिङ गर्दै दुर्गालक्ष्मीले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ९५ रन बनायो । टीमका लागि केशव डिसीले अर्धतकीय ६२ रनको पारी खेले । टीमका लागि खगेन्द्र जोशीले ४१ र सुजन गौतमले २५ रन बनाए । डोटीका लागि अनिल पार्कीले ३ विकेट तथा सन्जय बोहोरा र ह्यद विडारीले दुई दुई विकेट लिए । एक सय ९६ रनको लक्ष्य पछ्याएको डोटी बहुमुखी क्याम्पसले १९ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा १ सय ४३ रनमा आलआउट भयो। टीमका लागि आयुष द्धारीयाले ३० रन र ह्यद विडारीले २० रन बनाए । दुर्गालक्ष्मीका लागि सुशिल साउँदले ४ विकेट लिदा लक्ष्मण कडायतले दुई विकेट लिए । खेलमा दुर्गालक्ष्मीकाकेशव डिसी म्यान अफ द म्याच भए। उनले नगद दुई हजार सहित ट्रफी पाए ।

टी २० प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पन्ध्र हजार, उदयमान खेलाडीले नगद दश हजार र म्यान अफ द म्याचले जनही दुई हजार एवं ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

कमेन्ट लोड गर्नुस