सुदूर नेपाललाई विश्वसँग जोड्दै

नामिबिया नेपालसँग पराजित

२०८० फाल्गुन १८, ०४:१८ खबर संवाददाता

काठमाडौँः त्रिदेशीय शृंखलाको तेस्रो खेलमा नामिबियालाई तीन रनले हराउँदै घरेलु नेपालले पहिलो जित निकालेको छ।

शुक्रवार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नामिबियाले पूरा २० ओभर खेल्दा सात विकेट गुमाएर एक सय ७७ रन बनाएको हो।

नेपालको इनिङ्समा कुशल मल्ल र नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतकीय इनिङ्स खेलेका थिए। अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै करण केसीले नेपाललाई जित दिलाएका हुन्। अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा नामिबियाले मात्र आठ रन जोडेको थियो।

यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग २० तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। नेपालले अन्तिम खेल शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस