सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचक २७ अंकले वृद्धि

२०८० पुष १८, ०४:५१ खबर संवाददाता

काठमाडौंः शेयर बजार परीसूचक नेप्से दोहोरो अंकले उकालो लागेको छ।

वुधबार नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा उक्लियो। साताको तेस्रो दिन मंगलवार नेप्से ३०.०५ अंकले घट्दा २०३०.१० को विन्दुमा ओर्लिएको थियो। बुधवार सबै सूचक र उपसूचकमा हरियाली छाउँदा कुल १० करोड ५० लाख कित्ता शेयर किनबेच भयो भने कुल चार अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भयो।

वुधवार निर्जीबन बीमा उपसूचक उत्साहजनक ढंगले तेहरो अंकमा बढेको छ भने उत्पादन तथा प्रशोधन र होटल एवं पर्यटन उपसूचक पनि तेहरो अंकले नै बढेको छ। विकास बैंक, जीवन बीमा, हाइड्रो पावर, लघुबित्त र अन्य उपसूचक दोहोरो अंकले बढ्दा बैंक, व्यापार, लगानी उपसूचक एकल अंकमा वृद्धि भएका छन्।
 

कमेन्ट लोड गर्नुस