सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा गाई भैँसीलगायत पशुचौपायामा लाग्ने लम्पी स्किन रोग प्रकोपकै रुपमा फैलिदै 

२०८० वैशाख २९, ०७:२९ खबर संवाददाता

धनगढीः  गाई भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग प्रकोपकै रुपमा फैलिएको छ।

अछामको मंगल्सेन नगरपालिका , साफेबगर नगरपालिका, मेल्लेख गाउपालिका ,ढकारी गाउँपालिकामा र तुर्माखाद गाउपालिकामा गाईगोरुमा लम्पीस्किन देखापरेको छ। लम्पीस्किनको कारणले पालिकाका अधिकांश वडाहरुमा किसानले पालेका गाईगोरु विरामी परेका छन्। खेतीपाती लगाउने समयमा गोरु विरामी परेपछी किसानहरु चिन्तीत बनेका छन्।

किसानहरुले पालेका गाईगोरु पशुचौपायामा यसरी एका एक रोग देखापरेपछि आत्तीएका किसानहरु आवश्यक औषधी सहित आफ्नो गाउँटोलमा आएर आफ्नो गोरुको उपचार गरिदिनुपर्ने माग गरेका छन्। यसैगरि अछामको मंगल्सेन नगरपालिकाले भने आफनो वडाका प्रत्येक किसानका गोरु बिरामि पर्न थालेपछि अनुगमन संगै स्थानीएको घरमा पुगेर गाई÷भैँसीलगायत पशुचौपायालाइ सुइ लगाउने र औषधि वितरण गर्ने कार्य गरिरहेको छ।

मंगल्सेन नगरपालिका वडा नं– ६ मा शुक्रबार जनप्रतिनिधि लगायत मंगल्सेन नगरपालिका पशु स्वास्थ्य प्राविधिकको एक टोलिले औषधि बितरण गरेको  हो। यस्तो बेला विरामी गोरुलाई छुट्टै राखेर उपचार गर्नुपर्ने भएकाले अरु गोरु संग लसपस गराउन नहुने पशु स्वास्थ्य प्राविधिक  नेत्र बहादुर कठायतले बताए। लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने पशु स्वास्थ्य प्राविधिक  कठाएतले बताए।

मंगल्सेन नगरपालिका वडा नं – ६ का १७ जना किसानका गाई÷भैँसीलगायत पशुचौपायालाइ घरमा पुगेर औषधि र सुइ लगाएको वडा नं – ६ का वडा सदस्य जन्मराज भन्डारीले बताए।
 

कमेन्ट लोड गर्नुस