सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिकेजी ३३.५१ रुपैयाँ सरकारले तोक्यो गहुँको समर्थन मूल्य

२०७९ फाल्गुन १२, ०४:४९ खबर संवाददाता

काठमाडौंः सरकारले गहुँको समर्थन मूल्य तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९÷८०का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो। यो वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ। यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ हुनेछ।

समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ। तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन मूल्य नपाउँदा पनि सरकार मातहतको खाद्य कम्पनीले समयमै खरिद प्रक्रिया नै अघि नबढाउने समस्याले किसान पीडित हुँदै आएका छन्।

यस वर्षभने सरकारले समयमै मुल्य तोकेको छ।
 

कमेन्ट लोड गर्नुस