सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावल मौन अवधिमा पुगे अछाम 

२०७९ मंसिर २, ०८:२९ खबर संवाददाता

धनगढीः नेकपा एमालेका नेता तथा पूर्व उपाध्यक्ष डा.भीमबहादुर रावल अछाम पुगेका छन्। उनी प्रतिनिधि तथा प्रदेशसभा मतदानको मौन अवधि सुरु भएपछि मात्र अछाम पुगेका हुन्। 

एमालेको जिल्ला र प्रदेश कमिटीबाट एकल सिफारिस भएका रावलको विकल्पमा एमालेबाट झपट बोहरा चुनावी मैदानमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले अछाम–१ मा रावललाई पन्छाएर बोहरा रोजेका थिए। 

कुनै पनि चुनावी गतिविधिमा सहभागी नभएर रावल साँफेबगर नगरपालिका– ६ स्थित बागेश्वरको निजी घरमा पुगेका थिए। यो कुरा थाहा पाएका एमाले कार्यकर्ताहरु शुक्रबार विहानै उनलाई भेट्न रावल निवास पुगेका थिए। 

राजनीतिकका लागि नभइ आफू यो पटक सामाजिक कार्यका लागि अटाम आएको उनले बताएका छन्। आफू अन्य काम र भोट हाल्न मात्र अछाम पुगेको उनको दाबी छ। 
 

कमेन्ट लोड गर्नुस