सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भूकम्प

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक २९, ०७:१७ खबर संवाददाता

धनगढीः अछाममा भूकम्प गएको छ। जिल्लाको बाब्ला केन्द्र बिन्दु बनाएर चार दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताइएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजु शर्माले ६ बजेर ८ मिनेटमा अछाममा ४ दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताए। उनका अनुसार एक हप्ताको अवधिमा सुदूरपश्चिममा ६ सय २८ बढी भूकम्प गएका छन्।

प्रदेशमा एक हप्तामा ४ म्याग्निच्युड भन्दामाथिका मात्र पाँच वटा भूकम्प गएका छन्। 

कमेन्ट लोड गर्नुस