सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा आफ्नै बस किनेर नेपालीले सुरु गरे जयलक्ष्मी ट्राभल्स सेवा 

२०७९ कार्तिक ३, ०३:४६ खबर संवाददाता

धनगढीः भारतमा आफ्नै बस किनेर एक नेपाली नागरिकले नेपाल र भारतमैत्री बस सेवा सञ्चालन गरेका छन्। सुदूरपश्चिम घर भएका लोकेन्द्र साउदले जयलक्ष्मी ट्राभल्स सेवा सञ्चालनमा ल्याएका हुन्। 

उनले भारतको बेङ्लोरबाट पलिया र पलियाबाट बेङ्लोर आवतजावतका लागि दैनिक बस सेवा सञ्चालनमा ल्याएको जानकारी दिए। उनका अनुसार नेपालीहरुको सहजताका लागि जयलक्ष्मी ट्राभल्स सञ्चालनमा ल्याइएको हो। 

उक्त ट्राभल्स कम्पनीले यात्रुहरुलाई आरामदायी र भरपर्दो यात्रा गराउने बताइएको छ। सुदूरपश्चिमबाट भारत जानका लागि धनगढीबाट पनि सम्पर्क गर्न सकिने जनाइएको छ। 

धनगढीमा पनि आफ्नो कार्यालय रहेको सञ्चालकको दाबी छ। 

कमेन्ट लोड गर्नुस