सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट ६० हजार मेट्रिक टन रासायनिक मल आउँदै

२०७९ असोज २७, ०८:३३ खबर संवाददाता

धनगढीः भारतबाट ६० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। नेपालमा रासायनिक मलको चरम मागको आपूर्ति सहज बनाउन भारतबाट कात्तिक मसान्तभित्र कृषि सामग्री कम्पनीमार्फत ३० हजार मेट्रिक टन र असोज मसान्तसम्ममा साल्ट ट्रेडिङ कर्पोरेशनतर्फ ३० हजार मेट्रिक टन. मल नेपाल भएको हो। 

आइपुग्ने कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको एक लाख मेट्रिक टन मलको ग्लोवल टेण्डर आव्हान भएको मध्ये ३० हजार मेट्रिक टन युरिया प्राप्त भई धानको टप ड्रेसिङमा प्रयोग भएको र ४० हजार मेट्रिक टन डीएपी प्राप्त भइरहेको हो। 

साल्ट ट्रेडिङ्ग कर्पोरेशनतर्फ ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापटनम् बन्दरगाहामा नेपालको लागि लोडिङ भइरहेको र ३१ असोजसम्ममा वीरगन्ज आइपुग्ने मन्त्रालयले बताएको छ। २७ हजार ५ सय मेट्रिक टन युरिया मलको खरिद सम्झौता भइसकेको र सो मल मंसिर पहिलो हप्ता नेपाल आइसक्ने छ।

युरिया मेट्रिक टन ७ हजार ९ सय ८०, डिएपी मेट्रिक टन ४ हजार ४२ हजार ९ सय ९३ पोटास मेट्रिक टन ४ हजार ३ सय २२ मेट्रिक टन मौज्दात छ।
 

कमेन्ट लोड गर्नुस