सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा खुल्यो पौने ४ करोड लगानीमा फुटवेयर उद्योग

२०७८ मंसिर २१, ०५:३० खबर संवाददाता

कैलाली: अत्तरियामा करिब पौने ४ करोडको लगानीमा फुटवेयर उद्योग सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका–४बसन्तपुरमा गोलादेउ फुटवेयर नामक उद्योग सञ्चालनमा आएको हो।

एक सातादेखि फुटवेयर उद्योगबाट जुत्ताको उत्पादन सुरु भइरहेको उद्योगका सञ्चालक देव साउँदले बताए।  ‘सुरुमा बच्चाको जुत्ता, स्पोर्ट जुत्ता र महिलाको जुत्ताको उत्पादन भइरहेको छ’ उनले भने ‘त्यसका लागि भारत र चीनबाट कच्चा पदार्थ आयात गर्ने गरिएको हो।’ उद्योगमा २० जनाले रोजगारी पाएको साउदले बताए।    
 

कमेन्ट लोड गर्नुस