टिकटकबाट चिनजान भएका युवकसँग बिहे गर्न भारत पुगेपछि...
काठमाडौं: एक किशोरी टिकटकमार्फत चिनजान भएका युवकसँग बिहे गर्न भारत पुगेकी छिन्। १६ वर्षीया किशारी भारतको मध्यप्रदेशको सिहोर पुगेकी हुन।
उनीहरुको बीचमा २ वर्षअघि टिकटक मार्फत चिनजान भएको बताइएको छ।
उनी काठमाडौंबाट विभिन्न बस रेल चढेर त्यहाँ २१ वर्षीय महेश सिलोरियालाई भेट्न पुगेकी थिइन्। ती युवकले किशोरी विवाह गर्न नआए आत्महत्या गर्ने बताएको भारतीय प्रहरीले जनाएको छ।
अहिले किशोरीलाई उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ। भने, किशोरीलाई बिहे गर्ने भन्दै बोलाउने सिलोरियालाई पनि मानव बेचविखनको आरोपमा पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ।
काठमाडौंमा रहेको भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासले किशोरीको उद्धार गरेको हो।
ती युवकले बिहे नै गर्नका लागि बोलाएको हो कि बेचविखनका लागि हो भन्ने खुलेको छैन।