फूलमाला उन्दै दाजुभाईलाई टीका लगाउने व्यग्र प्रतिक्षामा दिदीबहिनी
धनगढी : यमपञ्चक अथात् तिहारको पाँर्चौ दिन आज भाईटीका आज मनाइने भएको छ ।
दाजुभाई र दिदीबहिनी बीच माया प्रेम आर्शिवाद साटासाट गर्ने पर्वका रुपमा लिइने भाइटीकाको व्यग्र प्रतिक्षा गरिएको छ ।
दिदीबहिनीहरुले भाईटीकाको अघिल्लो दिन आइतबार नै मखमली र सयपत्रीको माला उन्ने तयारी र आवश्यक पर्ने मालासहितका सबै सामानको जोहो गर्नमा लागेका हुन् ।
धनगढीकी रोजी चन्दले भाईटीकाको लागि आवस्यक पर्ने अन्य सामान पनि जुटाएको बताइन् । सप्तरंगी टीका, मखमली फूलको माला, फलफूल, मिठाईलगायत भाईटीकाका दिन आवस्यक पर्ने सामान जोहो गरेको उनको भनाइ छ ।
आज सोमबार टीकाको शुभ साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यसैबीच आयातित प्लाष्टिक र कागजको मालालाई विस्थापित गरी सयपत्रीको प्रयोगलाई बढावा दिन समेत आग्रह गरिएको छ ।
वर्षमा एक पटक आउने तिहारले उत्साहित बनाएको धनगढी हसनपुरकी ईस्मीता ओझाले बताइन् । हुन त बजारमाा प्लास्टिकका माला सहजै किन्न पाईन्छन् । तर दिदीबहिनीहरुले घरमा फूलेका सयपत्री, मखमली, सुपारी फूलका मालालाई पहिलो प्राथामिक्ता दिनुपर्ने उनको सुझाव छ ।