सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा ट्राईल सेन्टरको निर्माण अधुरै, लाइसेन्सका लागि तराई झर्नुपर्ने बाध्यता

२०७७ असोज ९, ०२:२४ रोशन भट्ट

धनगढी– सुदूरपश्चिमको पहाडी जिल्लाबाट समेत यातायात सेवा उपलब्ध गराउने भन्दै २०७२ सालमा डोटी र डडेल्धुरामा सेवा कार्यालय स्थापना गरियो। ०७४ सालमा प्रदेश सरकार आएपछि पहाडी जिल्लाबाट नै सवारी चालक अनुमती पत्र लाईसेन्सको प्रयोगात्ममक परीक्षा गराउने भन्दै ट्राईल सेन्टर स्थापना गर्ने निर्णय भएको थियो। तर आजभन्दा डेढ वर्ष अगाडी निर्माण सुरु भएको ट्राईल सेन्टरले पुर्णता पाएको छैन्।

डोटीको ट्राईल सेन्टरमा भौतीक संरचना निर्माणको काम सकिएको भएपनि अन्य व्यवस्थापनले भने पुर्णता नपाएको यातायात सेवा कार्यालय डोटीका प्रमुख पुर्णबहादुर शाहाले बताए। ‘ट्राईल सञ्चालनका लागि आवश्यक समाग्री खरिद गर्न भने बाँकी रहेको छ।’ उनले भने। डडेल्धुरामा समेत सवारी चालक अनुमती पत्र लाईसेन्सका लागि ट्राईल सेन्टर स्थापना गर्ने भनिएको छ।

तर जग्गा अभावका कारण अहिले नीजि ट्राईल सेन्टर भाडामा प्रयोग गर्ने योजना बनाएको भएपनि सम्झौता गर्न भने बाँकी रहेको यातायात सेवा कार्यालय डडेल्धुराका प्रमुख कर्ण बहादुर धामीले बताए। कैलाली कञ्चनपुरको यातायात कार्यालयमा हुने भीड र सेवाग्रहीले भोग्नु पर्ने सास्तीलाई कम गर्नका लागि पहाडी जिल्लाबाट समेत सेवा सुरु गर्ने भनिएको थियो।

तर अन्य कामकाजहरु नियमित रुपमा भईरहेको दावी गरिए पनि ट्राईल सेन्टरको विषयमा भने सरकारले नै चाँसो नदिएको देखिन्छ। कोरोना भाईरसको प्रभावका कारण यातायात कार्यालयहरुले समेत लामो समय सम्म सेवा बन्द गरेका थिए। अहिले यातायात कार्यालयले उपलब्ध गराउने सेवाहरु सवारी जाँचपास, कागजात नविकरण लगायतका अन्य प्रशासनिक काम संञ्चालन भईरहेको छ।

तर नयाँ सवारी चालक अनुमती पत्र लाईसेन्सका लागि आवेदन नखुलेको ६ महिना भईसकेको छ। कोरोनाको प्रभाव समान्य भएपछि आवेदन खुल्ने तयारी छ। नयाँ आवेदन कर्ता बढ्ने आकलन गरिएपनि सेवाग्रहीको सहजताका लागि ट्राईल सेन्टर संञ्चालनमा ल्याउन प्रदेश सरकार उदासिन देखिएको छ। पहाडी जिल्लाका सेवाग्राहीहरुले अहिले धनगढी, महेन्द्रनगर पुग्नु पर्ने बाध्याता छ।

तर धनगढी र महेन्द्रनगरका यातायात कार्यालयले समेत छिटो छरितो सेवा प्रदान गर्न नसक्दा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको छ। पहाडी जिल्लाबाट समेत सेवा सुरु भए सहज हुने यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले बताए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस