सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सिनेमा हल ६ महिनादेखि ठप्प

२०७७ भदौ २१, १२:५६ रोशन भट्ट

धनगढी : धनगढीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको एक वर्ष पनि पुगेको थिएन्। २० करोडको लगानीमा एसटीएस सिनेमा हल नयाँ प्रविधि र एसी सेवा सहित २०७६ सालको साउनमा सञ्चालनमा ल्याइएको थियो। तर कोरोना भाईरसको महामारीपछि सिनेमा हल ६ महिनादेखि बन्द छ।

एसटिएस जस्तै नेपालमा कोरोनाको प्रभाव सुरु भएदेखि नै बन्द भएका सिनेमा हल भने ६ महिनाको अवधिमा एक दिन पनि संञ्चालनमा आउन सकेका छैनन्। अन्य जस्तै सिनेमा हल पनि कोरोनाको कारण प्रभावित भएको कञ्चनपुरको सेती महाकाली सिनेमा हलका संञ्चालक बुद्ध अवस्थीले बताए।

‘कोरोनाको प्रभावका कारण सिनेमा क्षेत्रलाई निकै समस्या भएको छ’ उनले भने, ‘तीनै तहका सरकारले सहयोग नगरे पुनः संञ्चालन गर्न सकिदैन्।’ सुदूरसिश्चमको अस्थायी राजधानी धनगढी सहित कैलाली र कञ्चनपुरमा रहेका आधा दर्जन जती सिनेमा हलहरु कोरोनाको प्रभावले ठप्प छन्।

विगतमा पनि सुदूरपश्चिममा रहेका सिनेमा हलहरुले आपेक्षाकृत रुपमा आम्दानी गर्न नसक्दा धेरै बन्द भईसकेका छन्। यस्तो अवस्थामा पनि सञ्चालनमा रहेका हल समेत गत चैतदेखि ठप्प रहेको कञ्चनपुर पुर्नवासको पूर्णलक्ष्मी चलचित्र मन्दिरका संञ्चालक रविन्द्र नकर्मीले बताए।

‘सरकारले पनि अन्य क्षेत्रलाई सहयोग गर्ने कुरा सुनिन्छ तर सिनेमाको विषयमा भने कोही बोलेको छैन्’, उनले भने, ‘अहिले हलहरुले राम्रो आम्दानी गर्ने सिजन पनि हो।’ कोरोनाको प्रभाव यसरी नै बढ्दै जाने र सरकारले सहयोग नगर्ने हो भने पुनः संञ्चालन गर्न समस्या हुने उनी बताउँछन्।

६ महिनाको अवधीमा एक दिन पनि संञ्चालनमा नआएपछि थलिएका सिनेमा हलहरु फेरी  कहिले सञ्चालन हुने हुन् केही टुङगोे छैन्।

अहिले कतिपय जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा खुकुलो भएपनि सिनेमा हल लगायतमा अन्य केही क्षेत्रहरु भने संञ्चालन गर्न नपाईने भएको छ।

त्यसको प्रभाव पनि सिनेमा हलहरुले नै बढी भोग्नु परेको छ। भदौँपछि सुदूरपश्चिममा मौलिक तथा राष्ट्रिय चाडपर्वहरु सुरु हुने हुँदा यो बेला सिनेमा हल चल्ने गर्छन्। तर कोरोना प्रभावले थलिएपछि पुनः सञ्चालन हुनेमा आशंका गरिएको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस