सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अर्थमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई विवादित क्षेत्र भनेपछि..

२०७७ जेठ १३, ०८:११ आशिष मल्ल

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशभित्र पर्ने दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई विवादित क्षेत्र भनेपछि प्रदेश सभामा खैलाबैला मच्चिएको छ। 

प्रदेश सभाको मंगलवारदेखि सुुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकमा मन्त्री बोहराले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/२०७८ को विनियोजन विधेयक प्रस्तुत गर्ने क्रममा यस्तो आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

 ‘नेपालको संघीय सरकारले लिपुलेक, लिम्पियाधुरालाई र कालापानी क्षेत्रलाई नेपालको भूभाग हो भनेर मन्त्रिपरिषदबाट स्वीकृत गरी नयाँ नक्सा जारी गरेको छ’ उनले भनेका थिए ‘विवादित भूभागलाई आफ्नो भनी दावा पेस गरेकोमा प्रदेश सरकारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु।’

उनले उक्त कुरा बोलेको केही समयमै सत्तारुढ दलकै प्रदेशसभा सदस्य तथा पूर्व समाजिक विकास मन्त्री दिर्घबहादुर सोडारीले नियमापत्ति जनाएका थिए। त्यसको लगत्तै सभामुख अर्जुनबहादुर थापाले उनको भनाई रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। 

प्रदेश सभा छिर्‍यो अमेरिकाको झण्डा
साथै अर्थमन्त्री बोहराले आफ्नो प्रस्तुती राख्ने क्रमको सुरुवातमा सुरक्षा तथा सचेतनाको लागि भन्दै बोल्ने माइक अमेरिकाको झण्डा अंंकित रुमालले छोपेका थिए। पछि प्रदेशसभाका कर्मचारीहरुले उक्त रुमाल हटाएर न्याप्कीन राखेका थिए। 

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस