भारतमा अछामका ३ जनालाई कोरोना संक्रमण
२०७७ वैशाख २७, ०४:१३
भारतमा अछामका ३ जनालाई कोरोना संक्रमण देखिएको छ। अछाम घर भइ हाल भारतमा रहेका एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको हो।
जिल्लाको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका श्रीमान्, श्रीमती र ८ महिने छोरालाई संक्रमण देखिएको आफन्तले बताएका छन्।
ती सबैको पुनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
कमेन्ट लोड गर्नुस