भारतमा बैतडीका युवकमा देखियो कोरोना
धनगढी : भारतमा बैतडीका युवकमा कोरोना संक्रमण देखिएको छ। बैतडीको दोगडा केदार गाउँपालिका ९ चडेपानी (बगौरा) घर भएका २३ युवकमा वर्षीय कोरोना संक्रमण देखिएको हो।
उनी राजधानी नयाँदिल्लीको आजादपुर मण्डीमा जेसीए ट्रेडर्स नामक फलफुल कम्पनीमा कार्यरत थिए। बिहीबार उनको थ्रोट स्वाबको नमूना पोजिटिभ आएको हो।
बिहीबार राती नै दिल्लीको राम मनोहर लोहिया अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ।