सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय अधिकारीले नेपाली मजदुरलाई भने– ‘नेपालियोंको खिलाने के लिए पैसे नहीं है’

२०७७ वैशाख २४, ०२:०३ खबर संवाददाता

धनगढी : भारतमा रहेका लाखौँ नेपालीहरु अहिले समस्यामा छन्। कोरोना त्रासपछि जारी लकडाउनले धेरैले रोजगारी गुमाएका छन्। उनीहरु भारतका विभिन्न सहरमा अलपत्र परेका छन्।

हिडेरै नेपाली सीमा नजिक पुगेका नेपालीहरु पनि जन्मभूमी प्रवेशको अनुमतीका लागि पर्खिरहेका छन्। भारतको हल्द्धानीमा पनि सयौँ नेपाली अलपत्र छन्। क्वारेन्टाईन अवधि सकाएकाहरु पनि नेपाल प्रवेशको अनुतमी नपाएर हैरान भएका छन्। 

सोही क्रममा हल्द्धानीको क्वारेन्टाईनमा राखिएका १७ जना नेपाली मजदुरलाई भारतीय अधिकारीहरुले निकालेका छन्। सो भिडियो अहिले सामाजिक सञ्जाल फेसवुकमा भाईरल भएको छ।

भारतीय अधिकारीहरुले नेपालीहरुलाई गालीगलौज गरेका छन् भने नेपाल सरकारले नै नेपाली मजदुरको उद्धार गर्न नचाहेको जानकारी गराएका छन्।

एक जना भारतीय महिला अधिकारीले भनेकी छिन्, ‘१५/२० दिन रखदिया, खिलादिया। नेपालियोंको खिलाने के लिए भारत सरकारका वास इतना पैसे नहीं है।’ नेपालीहरुले सीमा क्षेत्रमा पुगाईदिन आग्रह गरेका छन्। तर भारतीय अधिकारीले भने सीमामा पुगाएर दुई देशबीच झगडा बढ्ने भन्दै उनीहरुलाई सीमामा पुगाउन अस्विकार गरिएको छ।

कमेन्ट लोड गर्नुस