सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न दूतावासको आग्रह

२०७७ वैशाख २४, ०५:५९ खबर संवाददाता

मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न आग्रह गरेको छ। विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो। दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिन्छ। त्यसमा दिइएका सबै विवरणहरु नछुटाएर भर्न र अन्तिममा सबमिट बटनमा थिच्न दूतावासको अनुरोध छ।

यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ। जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ। यस विवरणले अवैधानिक भएकाहरुको तथ्यांक बुझ्न पनि सहयोग मिल्ने दूतावासले जनाएको छ।

विवरण भर्न यहाँ क्लिक गर्नुहोस्
 

कमेन्ट लोड गर्नुस