सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको पलियाबाट प्रधानमन्त्रीलाई पत्रः हाम्रो उद्धार नभए देशले परिणाम भोग्नेछ

२०७७ वैशाख २२, ०५:०७ खबर संवाददाता

धनगढी :  भारतको पलियामा रहेको क्वारेन्टाइनमा बसेका नेपालीहरुले प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई खुलापत्र लेखेका छन्। आफुहरु ४१ दिनदेखि भारतमा फसेको र उद्धार गरिदिन अनुरोध गर्दै उनीहरुले पत्र लेखेका हुन। 

‘आज हामीहरु भारतको क्वारेन्टाइनमा बसेको ४०/४१ दिनजति भइसक्यो र यति दिनसम्म बस्दा हाम्रो कुनै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको ध्यान गएन। हाम्रो छिटोभन्दा छिटो उद्धार गरीपाउँ भनी यो निवेदन पेश गरेका छौ’ पत्रमा उल्लेख छ।

त्यस्तै उनीहरुले आफ्नो उद्धार नभए नेपाल ठुलो रोगले ग्रस्त हुने समेत बताएका छन्। पत्रमा भनिएको छ, ‘यदी भारतमा बसेका नेपालीहरुलाई उद्धार नहुने हो भने भोली देश ठुलो रोगग्रस्त हुनेछ। भोली हामी नेपाली संक्रमित भयांै भने भारत सरकारले सबै नेपालीलाई सीमानामा धकेल्ने छ। त्यसको परिणाम के हुने हो, यो समस्यालाई सरकारले बुझ्न जरुरी छ।’

कमेन्ट लोड गर्नुस