सुदूरपश्चिमेली नेपाली समाज भारतद्धारा खाद्य सामाग्री सहयोग
सुदूरपश्चिमेली नेपाली समाज भारतले खाद्य सामाग्री सहयोग गरेको छ। भारतको मुम्बइमा अलपत्र परेका कैलालीको चुरे गाउँपालिकाका डम्बर आउजीको परिवारलाई खाद्य सामाग्री सहयोग गरिएको हो।
उनका दुई सन्तान सहित श्रीमती भारतमा छन्। चार जनाको परिवार आफन्तको कोठामा बस्दै आएको छ। लकडाउनका कारण खाद्य सामाग्रीको अभाव भएको जानकारी प्राप्त भएपछि समाजले १२ किलोग्राम चामल, एक किलो दाल, एक पोका तेल, पाँच किलो आटा, तीन प्याकेट बिस्कुट, तीन वटा साबुन, हल्दी, धनीयाँ, खुर्सानीको धुलो एक/एक प्याकेट सहयोग गरिएको समाजले जनाएको छ। एक/एक किलो आलु, प्याज र टमाटर पनि सहयोग गरिएको छ।
उनको परिवारलाई एक हजार पाँच सय मूलय बराबरको राहत समाग्री सहयोग गरिएको समाजको महाराष्ट्र राज्य संरक्षक कुशल साउँदले बताए। भारत रायगढ जिल्ला समितीले विभिन्न व्यक्तिहरुबाट रकम संकलन गर्दै राहत स्वरुप खाद्य सामाग्री प्रदान गरेको जिल्ला अध्यक्ष बिजय बिसीले बताए।