सुदूर नेपाललाई विश्वसँग जोड्दै

कतारका विभिन्न जेलमा रहेका १७ नेपालीले पाए आममाफी

२०७७ वैशाख १२, ०५:५२ खबर संवाददाता

कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन्। कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन्।

सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन्। रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन्।

कमेन्ट लोड गर्नुस