कतारमा रहेका नेपालीको तथ्यांक संकलन गरिँदै
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसका कारण नेपालीहरु समस्यामा परेको तथ्यांक संकलन गर्न थालिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ।
नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विश्वव्यापीरूपमा फैलिएको महामारीको प्रकोपबाट उत्पन्न असहज परिस्थितिले विभिन्न पेसा, व्यवसायमा आबद्ध रही विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले कुनै न कुनै रूपमा प्रभावित भई असहज अवस्थाको सामना गरिरहनु भएको व्यहोरा सबैमा विदितै छ।
यसै विषयलाई मध्यनजर गर्दै कतारमा रहनुभएका नेपालीहरुको तथ्यांक संकलन गर्न लागिएको छ।“दूतावसाले कतारमा रहेका नेपालीहरुको समस्या पहिचान गरी समाधानमा सहजिकरण गर्न उक्त तथ्यांक संकलन गर्न लागिएको जनाएको छ। दूतावसाले पठाएको प्रारुपमा जततउकस्ररायचmक.नभिरद्दउत्रलटाव्छबत्ऋँभहज्ञदट मा यथाशक्य प्रष्ट र विस्तृत विवरण भर्न आग्रह गरेको छ।
फाराममा उल्लेखित विवरण भरिसकेपछि सोही फारामको अन्तिममा रहेको क्गदmष्त बटनमा थिच्नुपर्नेछ। कतारमा रहेका नेपालीहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य रहनेसमेत दूतावासले जनाएको छ। कसैलाई फाराम भर्न असहज अथवा समस्या भएमा दूतावासको फेसबुक पेजको इनबक्समा गई म्यासेज पठाउनु अथवा दूतावासको फोन नम्बरमा सम्पर्क गरी विवरण टिपाउसमेत आग्रह गरिएको छ।