सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विदेशमा रहेका १४ जना नेपालीले ज्यान गुमाए

२०७७ वैशाख १, ०५:५०

विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको ‘कोभिड १९’ एनआरएनए उच्चस्तरिय समितिका प्रेस संयोजक चिरन शर्माले जनाएका छन्।

स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित छन्। बाह्रखरी बाट सभार 

कमेन्ट लोड गर्नुस