सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा नेपालीले मनाए महिला श्रमिक दिवस

२०७६ फाल्गुन २६, ०७:१३ खबर संवाददाता

नेपालीहरुले भारतमा पनि अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएका छन्। भारतको मुम्बई अधेरीमा नेपालीहरुले ११०औँ विश्व नारी दिवस तथा महिला श्रमिक दिवस मनाएका हुन्। संयुक्त नेपाली महासंघ मुम्बईका अध्यक्ष भरत रावलका अनुसार महिला र पुरुषबिचको समानताका लागि औपचारिक कार्यक्रमको आयोजना गरिएको हो। 

कार्यक्रममा कलाकारहरुको सहभागिता रहेको थियो। उनीहरुले संस्कृतिक प्रस्तुती देखाएका थिए। रावलका अनुसार कार्यक्रमको प्रमुख अतिथि मेकअप आर्टिस्ट संगीता खन्ना रहेकी थिइन्। विशिष्ट अतिथिमा गायीका जमुना शर्मा तथा अतिथिहरुमा गायीका अस्मी रिसाल, मार्सलआर्ट प्रशिक्षक लक्ष्मी कार्की, मलाती न्युजकी सम्पादक ललिता मलाती, केन्द्रिय सदस्य कमला भण्डारी, केन्द्रिय सदस्य सीता काफ्ले, महिला सचीव दुर्गा मरासिनी, नाईका स्वेता गिरी, नेपाली साँस्कृतिक परिषदबाट रतन बोली, सागर भन्डारी, सल्लाहकार देवेन्द्र बिक्रम शाह, पूर्व अध्यक्ष तारा शर्मा, केन्द्रिय अध्यक्ष भरत रावल, सल्लाहकार रवी भट्टराई, काशी पाण्डे, गोरेगाउँ शाखा अध्यक्ष नेत्र गैर, समाजसेवी  दिलिप आचार्य लगायत महासंघका पदाधिकारीहरु रहेका थिए।

कार्यक्रमको अध्यक्षता महिला सहप्रमुख तारा शर्माले गरेकी थिइन्। कार्यक्रममा सम्बोधन गर्दै पूर्वअध्यक्ष तारा शर्माले महिला पुरुष समान रहेको बताइन्। दिवसको एक दिन मात्र नभएर सधै समान व्यवहार हुने उनले बताइन्। 

कार्यक्रममा महासंघका महिला सदस्य मेखा चुहान, बैजन्ती रावल, शितल भण्डारी, सरस्वती उपाध्याय, कल्पना रावल, तथा केन्द्रीय पदाधिकारीहरु सुरज बोगटी, मोहन ओझा, बाम्देव सुवेदी, दिलिप बस्याल, नरेश भण्डारी, बिराज गैरे, राज रावल, उत्तम शर्मा, मोतिसिंह संवाद, प्रकाश जोशी लगायतको पनि सहभागिता रहेको रावलले बताए। 

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष स्वर्गीय बसन्तबहादुर खत्रीको श्रद्धान्जली पनि दिइएको थियो। कार्यक्रमको सञ्चालन महासंघका सहमहामन्त्री  विष्णु काफ्ले र केन्द्रिय महिला सदस्य सीता काफ्ले गरेकी थिइन्। 

 

कमेन्ट लोड गर्नुस