डोटीमा रुखबाट लडेर एक बालीका घाईते

२०८१ चैत्र २७, ०५:२८
डोटीः डोटीमा रुखबाट लडेर एक बालीका घाइते भएकी छिन्।
जिल्लाको बडिकेदार गाउँपालिका–२ बर्छेन बस्ने सेरबहादुर सार्कीकी अन्दाजी १५ वर्षीया छोरी सिर्जना सार्की घाइते भएकी प्रहरीले जनाएको छ। उनी घर नजिकैको जङ्गलमा बाँजको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडी घाइते भएकी हुन्। उनको टाउको, हात र ढाडमा चोट लागेको छ। घाइते सिर्जनाको नवजीवन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस