धनगढी र टीकापुरबाट भन्सार छलीका सामानसहित माछा बरामद

२०८१ माघ १६, ०७:४७
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामानसहित माछा बरामद गरिएको छ।
धनगढी–१२ मनेहरा शिविर नजिक र टीकापुर–९ बालुवाटारबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ४१ हजार ५ सय बराबरको लेडिज सुट, भुरा माछा, ठुलो माछा लगायतका सामान बरामद गरिएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


कमेन्ट लोड गर्नुस