स्वास्थ्य सुरक्षा मुद्दामा फरार कञ्चनपुरका एक जना ८ वर्षपछि पक्राउ
![](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/arrest%20%281%29_0_0.jpg?itok=mdZBfiyq)
२०८१ माघ १५, ०७:४८
कञ्चनपुरः सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा फरार कञ्चनपुरका एक जना ८ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०७३ जेठ ४ गतेको फैसलाले सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी बेदकोट नगरपालिका-१० नयाँगाउ बस्ने ३० वर्षीय बिनोद रावल पक्राउ परेका हुन्। रावललाई प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले सोमवार उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस