कञ्चनपुरबाट मोटरसाईकलसहित २ लाख बढीका सामान बरामद
![](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/431530987_3726651174281552_5366658298250086902_n_0_0.jpg?itok=VI37gvV9)
कञ्चनपुरः कञ्चनपुरबाट मोटरसाईकलसहित २ लाख बढीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र बेलौरी नगरपालिका–६ बैशाखीबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ३५ हजार २८५ बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो। चिनि, मिश्री, प्लाष्टिकको रस्सी, नल्का, फरुवा, मोटर सकेट, नल्काको रड, चिया छन्नी, लगायत हार्डवयर तथा किराना सामन र लु ३ प ८८१३ नम्बरको मोटरसाईकलसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)