सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीबाट युरिया मल लगायतका सामान बरामद

२०८१ माघ ७, १०:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीबाट युरिया मल लगायतका भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार ३९० बराबरको सामान बरामद गरिएको हो। चिनी, युरिया मल, सुर्ती, कुरकुरे लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस