आज बढ्यो सुनको मूल्य
काठमाडौँः नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ।