सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनकपुर एनपीएलको फाइनलमा

२०८१ पुष ४, ०४:१२ खबर संवाददाता

धनगढीः कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ।
आज भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हराएको हो। कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए। कर्णालीका विपिन शर्माले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो। कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए। जनकपुरका ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २÷२ विकेट लिए।
अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा हिजो जनकपुरलाई हराउँदै फाइनलमा पुगेको थियो। हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको हो।
हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो। प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ।
 

कमेन्ट लोड गर्नुस