उपाध्यक्षमा रोस्यारा र सचिवमा भट्ट निर्वाचित, अरु कोको भए विजयी?
पत्रकार महासंघ कैलाली शाखा निर्वाचन
धनगढीः नेपाल पत्रकार महासंघ कैलालीमा उपाध्यक्षसहित १४ पदका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ।
शुक्रवार भएको मतदानको अबेर राति मत परिणाम सार्वजनिक भएको हो। कैलालीमा अध्यक्षसहित ३ जना पदाधिकारी र ३ जना सदस्य निर्विरोध निर्वाचित हुँदा १४ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनको अन्तिम नतिजा अनुसार महासंघको उपाध्यक्षमा बिराज रोस्यारा निर्वाचित भएका छन्। उनी १०४ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी झालनाथ खनालले ४१ मत पाएका छन्। यस्तै सचिव पदमा तेजराज भट्ट निर्वाचित भएका छन्।
उनी १ सय मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी सुशील ढुंगानाले ४७ मत पाएका छन्। यस्तै कोषाध्यक्षमा सुनिल आउजी विजयी भएका छन्। उनी ९६ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी घनश्याम पौडेलले ४४ मत पाएका छन्। यस्तै सह–सचिव (समावेशी) मा निराजन परियार विजयी भएका छन्। उनी ७९ मतका साथ विजयी हुँदा उनका प्रतिद्वन्द्वी सुरेन्द्र ताम्राकारले ५३ मत पाएका छन्।
यस्तै खुला सदस्यमा बालकृष्ण ओझा १०४ मत, कैलाश जोशी ९८ मत, दिनेश विष्ट ९६ मत, गगन अयडी ८५ मत, रतनलाल चौधरी ८४ मत, वीरेन्द्र शाह ७४ मत, लोकुसिंह ठकुरी ६९ र चन्द्रप्रसाद खनाल ६८ मतका साथ विजयी भएका छन्। सदस्य पदमा १५ जनाको उम्मेदवारी परेको थियो।
पराजित भएका सदस्य जनार्दन उपाध्यायले ५६ मत, लोकबहादुर देउवाले ५५ मत, शेरबहादुर विष्टले ५३ मत, अंकुश कुँवरले ५२ मत, भीमबहादुर विकले ३२ मत र हिमेश विकले १८ मत पाएका थिए। यस्तै महिला सदस्यमा अनिता चौधरी ८७ मतका साथ निर्वाचित भएकी छन। उनकी प्रतिद्वन्द्वी रमा चन्दले ५२ मत पाएकी छन। दलित सदस्यमा विवेक कुमार नागरीले ७७ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी मंगल विकले ५३ मत पाएका छन्।
यसअघि पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा, महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शङ्कर बोहरा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्विरोध निर्वाचित भएका थिए।