राष्ट्रिय तेक्वान्दोको अध्यक्षमा फुयाल
काठमाडौँः राष्ट्रिय तेक्वान्दो संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन तथा निर्वाचनले महेश्वर फुयालको अध्यक्षतामा केन्द्रीय कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एकनाथ थापा, उपाध्यक्षमा ध्रुवबहादुर गुरुङ, सनिश लगेजु र ज्ञानेन्द्र विश्वकर्मा, महासचिवमा राकेशकुमार राई, उपमहासचिवमा ईश्वर सापकोटा, सचिवमा अमृत तामाङ, सुवास तामाङ, देवराज पराजुली, ममता अधिकारी, सञ्जयलाल श्रेष्ठ र वुद्धिबहादुर थापामगर तथा कोषाध्यक्ष पदम राना छन्।
सदस्यमा घनश्याम गौतम, राधाबहादुर तामाङ, रोशन बोहरा, खड्काबहादुर थापा, गौतममान महर्जन, शेरबहादुर थापामगर, नारायणसिंह थिङ, विजय पौडेल, गीताकुमारी सुवेदी, जयमान पाख्रिन, रामबहादुर सुनार, पदमबहादुर केसी, सुरज ढकाल र प्रेमबहादुर आले चयन भए।