सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ सञ्चालन हुने

२०८० असार १, ०६:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शुक्रवार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। कृषकको क्षमता अभिवृद्धिका लागि स्थानीय तहहरुसँगको साझेदारीमा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गरिने भएको हो।

आगामी आर्थिक वर्ष २०८०/०८१ मा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रमका लागि २ करोड २० लाख बजेट विनियोजन गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस